सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

डिसी नेपाल
१ कार्तिक २०८३ १६:०७
248
Shares

खोटाङ। द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो।

निजका मातापिताको अवस्था गम्भीर छ। उनीहरूको शिर मेमोरियल अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलले राससलाई टेलिफोनमा जानकारी दिए। बुलेटका चालकलाई हिरासतमा लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *