देशभर पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी भू-भागमा हिमपात र वर्षाको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बादल लागेको छ। देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भाग तथा तराईका क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ। यस्तै, देशका हिमाली भेगका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा देशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने पहाडी क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment