उपत्यकामा मान्यजन र आफन्तकामा टीका थाप्न जानेको चहलपहल (तस्बिर)

डिसी नेपाल
४ कार्तिक २०८३ १२:१६

काठमाडौं। बडा दशैं अर्थात् विजयादशमीको अवसरमा काठमाडौँ उपत्यकामा मान्यजन तथा आफन्तजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न जाने सर्वसाधारको उल्लेख्य चहलपहल बढेको छ।

मुख्य दिनको शुभसाइतमा आ-आफ्नै घरमा पूजाआजा गरी टीका र जमरा लगाएपछि मानिसहरू आफ्ना ठूला-बडा, नातागोता र आफन्तकामा आशीर्वाद लिन निस्किएका हुन्। उपत्यकाका मुख्य सडक तथा चोकहरूमा रातो टीका र पहेँलो जमरा शिरमा सजाएर नयाँ कपडामा सजिएका मानिसहरूको बाक्लो आउजाउ देखिएको छ।

विजयादशमीका दिन काठमाडौँ उपत्यकाभित्र लामो दूरीका सार्वजनिक सवारीसाधन कम चले पनि मोटरसाइकल, निजी गाडी, ट्याक्सी तथा साना सवारीसाधनमा सर्वसाधारणको आवतजावत निरन्तर भइरहेको छ। मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाई आशीर्वाद लिने यो परम्परा कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहने गर्छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *