ठमेलमा विदेशी पर्यटकले हर्षोल्लासका साथ लगाए टीका र जमरा

डिसी नेपाल
४ कार्तिक २०८३ १२:५६
12
Shares

काठमाडौं। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूले नेपाली संस्कृति र परम्पराप्रति विशेष उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादशैंको टीका र जमरा लगाएका छन्।

नेपालीहरूको महान् पर्व बडादशैंका अवसरमा विदेशी पर्यटकहरूले ठमेलस्थित काठमाडौं इको होटलमा नेपाली परम्पराअनुसार निधारमा रातो टीका र शिरमा पहेँलो जमरा ग्रहण गर्दै दशैंको खुसी साटासाट गरेका हुन्।

नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको प्रत्यक्ष अनुभव लिँदै उनीहरूले दसैँ मनाएका हुन्। नेपाल भ्रमणमा आएका विदेशी नागरिकका लागि दसैँको टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कारलाई नजिकबाट बुझ्ने उत्कृष्ट अवसर बनेको छ।

पछिल्लो समय विदेशी पर्यटकहरू नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भई नेपाली संस्कार र परम्पराअनुसारका पर्व तथा उत्सवहरू मनाउनेतर्फ लोभिने गरेका छन्।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं काठमाडौँ इको होटल ठमेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र नेपाली अतिथि सत्कारको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ठूलो सहयोग पुग्ने बताएका छन्।

त्यस्तै, ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादसैँले नेपाली र विदेशी पर्यटकबीच आपसी सद्भाव, भ्रातृत्व र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *