एसबीआइ बैंकका ३,८९७ ग्राहकको विवरण ‘डार्क वेब’ मा लिक
काठमाडौं । स्टेट बैंक अफ इन्डिया (एसबिआई) का ३,८९७ जना ग्राहकका व्यक्तिगत विवरण डार्क वेबमा सार्वजनिक भएको खबर बाहिरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा डार्क वेबमा उपलब्ध करिब ३ लाख ७५ हजार रेकर्डको जाँच गर्दा ३,८९७ जना ग्राहकका व्यक्तिगत विवरणहरू फेला परेका हुन्।
बैंकका अनुसार लिक भएको विवरणमा ग्राहकहरूको दर्ता गरिएको मोबाइल नम्बर, जन्ममिति, नाम, लिङ्ग, इमेल ठेगाना, घरको ठेगाना, बैंकको शाखा र सिआइएफ नम्बर समावेश छन्। यसका अलावा, लिड आइडि, कर्जा तथा लिडसँग सम्बन्धित विवरण र अन्य केही फाइलहरू पनि यसमा परेको बताइएको छ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै बैंकले एक स्वतन्त्र साइबर सुरक्षा एजेन्सीलाई अनुसन्धानको जिम्मेवारी सुम्पेको छ। उक्त एजेन्सीले डाटा लिकको प्रकृति र त्यसको प्रभावको व्यापक मूल्याङ्कन गर्नेछ, ताकि घटनासँग जोडिएका सबै पक्षहरूको सत्यतथ्य पत्ता लगाउन सकियोस्।
एसबिआईले बम्बे स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जलाई लेखेको पत्रमा भनेको छ, “हामी स्पष्ट पार्न चाहन्छौँ कि यस घटनाबाट बैंकको मुख्य कार्यसञ्चालन, वित्तीय कार्यसम्पादन वा व्यवसाय निरन्तरतामा कुनै ठूलो असर परेको छैन। बैंकका मुख्य सेवाहरू बिना कुनै अवरोध निरन्तर सञ्चालन भइरहेका छन्। यस विषयमा विस्तृत अनुसन्धान जारी छ र आवश्यकता अनुसार सुधारका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन उपयुक्त कदमहरू चालिँदैछन्।”
एसबिआईले स्थितिमाथि निरन्तर निगरानी राखिरहेको र प्रचलनमा रहेका नियमहरू बमोजिम आवश्यक सबै कदमहरू चालिरहेको भन्दै ग्राहकहरूलाई आश्वस्त पारेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment