रुसी सरकारी सञ्चारमाध्यमद्वारा अमेरिकी नागरिकको रिहाइको दाबी
काठमाडौं । रुसी सरकारी सञ्चारमाध्यम (स्टेट मिडिया) ले रुसी राष्ट्रपतिको भनाइलाई उद्धृत गर्दै रुस एक अमेरिकी नागरिकलाई रिहा गर्न सहमत भएको जनाएको छ।
युक्रेनका तर्फबाट युद्ध लडेको अभियोगमा जेल सजाय भोगिरहेका अमेरिकी नागरिकलाई रिहा गर्न रुस तयार भएको हो।
सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले सेन्ट पिटर्सबर्गमा अमेरिकी दूत स्टिभ विटकफसँगको कुराकानीका क्रममा यो जानकारी दिएका हुन्।
उनले अमेरिकी नागरिक स्टेफन हबर्डलाई पुल्कोभो विमानस्थलतर्फ लगिसकिएको बताएका छन्।
मिसिगन निवासी ७२ वर्षीय हबर्डलाई सन् २०२४ मा करिब सात वर्षको जेल सजाय सुनाइएको थियो। उनलाई खुला कारागारमा राख्न आदेश दिइएको थियो।
सरकारी वकिलहरूले उनीमाथि पूर्वी सहर इज्युममा एक रक्षा एकाइसँग मिलेर काम गरेको आरोप लगाएका थिए। दुई वर्षअघि रुसी फौजले उनलाई सोही स्थानबाट नियन्त्रणमा लिएको थियो।
अमेरिकी विदेश मन्त्रालयले हबर्डलाई यसअघि नै “गैरकानुनी रूपमा हिरासतमा राखिएको” व्यक्तिका रूपमा घोषणा गरिसकेको छ।
मङ्गलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको कुराकानीका क्रममा आफूले हबर्डको विषय उठाएको बताएका थिए।
ट्रम्पले पत्रकारहरूसँग भनेका थिए, “हेर्दै जाऔँ के हुन्छ। हामी हबर्डको मामिलामा केन्द्रित छौँ।”
No ads found for this position



डिसी नेपाल
Facebook Comment