पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपीएल खेल्ने
काठमाडौं। पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन्। कर्णालीले ३० वर्षीय तलतलाई आज विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो।
“पाकिस्तानका अलराउन्डर हुसेन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,” कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ।
हुसेनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तरराष्ट्रिय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका छन्। उनले १२ एकदिवसीय खेलमा २२४ रन तथा २३ टी–२० अन्तरराष्ट्रिय खेलमा ४४१ रन जोडेका छन्। टी–२० अन्तरराष्ट्रियमा उनको नाममा सात विकेट पनि छ।
घरेलु तथा विभिन्न ‘फ्रेन्चाइज’ प्रतियोगितामा नियमित खेल्दै आएका तलतसँग टी–२० क्रिकेटमा राम्रो अनुभव छ। अलराउन्डर तलतले अहिलेसम्म २०४ खेलबाट तीन हजार ९५० रन बनाएका छन्।
हुसेनले पाकिस्तान सुपर लिग (पिएसएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल) लगायत प्रतिष्ठित व्यावसायिक लिग खेलिसकेका छन्। अब उनी नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि जोडिँदै छन्।
एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment