रास्वपा सभापति रवि लामिछाने तीन दिने धार्मिक भ्रमणका लागि आज भारत जाँदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्।
सभापति लामिछानेको निजी सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै उनी आजदेखि तीन दिनका लागि भारत प्रस्थान गर्न लागेको जानकारी दिएको हो।
भ्रमणका क्रममा उनले धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित प्रसिद्ध कैँची धाम तथा आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ।
तीन दिने अध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी सभापति लामिछाने स्वदेश फर्किने सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment