प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन (तस्बिर)

डिसी नेपाल
९ कार्तिक २०८३ १७:४९

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको औपचारिक उद्घाटन गरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले खेलका अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलगत्तै प्रतियोगिताको पहिलो खेल आज साँझ ५:०० बजेदेखि सुरु भएको छ। पहिलो खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा भइरहेको छ।

क्रिकेटप्रेमीहरूको बाक्लो उपस्थितिबिच सुरु भएको यो प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *