जलेश्वर  कारागारमा एकदिने सचेतनामूलक नाटक

डिसी नेपाल
१८ मंसिर २०७६ १६:१३

जलेश्वर । महोत्तरीको जलेश्वर कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी ‘लागुऔषध प्रयोग तथा यसबाट उत्पन्न हुने विभिन्न समस्या’ नामक एकदिने जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ ।

जलेश्वर कारागार कार्यालयको आयोजनामा श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुरद्वारा बुधबार कारागारको गृहबन्दीमा सो नाटक प्रदर्शन गरिएको जेलर मकसुदन महासेठले बताए।

उनले महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारभित्र रहेका विभिन्न मुद्दाका ५ सय २० कैदीबन्दीको आचरणमा सुधार ल्याउने उद्देश्यले सो नाटक प्रदर्शन गराइएको बताए ।

श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुरबाट महिला, पुरुष गरी १५ जनाको सङ्ख्यामा आएका कालाकारले जलेश्वर कारागारभित्र दुई घण्टा निक्कै रोचक र प्रभावकारी ढङ्गले नाटक प्रदर्शन गरेको जेलर महासेठले जानकारी दिए ।

नाटक हेरेपछि जलेश्वर कारागारभित्र रहेका कैदीबन्दी निक्कै प्रभावित बनेका तथा उनीहरु जेलपछिको जीवनमा लागुऔषध प्रयोग नगर्ने प्रतिबद्धता प्रकट गरेको मुख्य कैदी (चौकीदार) रमेश सिंहले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *