छोरा जन्मिएको खुशीमा घर फर्किँदा बाटोमै ट्रकले दियो ठक्कर, नवजात शिशुको मृत्यु, सुत्केरी गम्भीर घाइते

डिसी नेपाल
२१ मंसिर २०७६ १९:००

बाँके। ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा बाँकेमा एम्बुलेन्स चालक र नवजात शिशुको मृत्यु भएको छ।

बाँकेबाट दाङतर्फ गइरहेको १ ज १६१ नम्बरको एम्बुलेन्सलाई ना ८ ज ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको बाँके प्रहरीले जनाएको छ। घटना शनिबार दिउँसो करिब पौने २ बजे भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं २ को जिरो पोइन्ट नजिकै ट्रकले एम्बुलेन्सलाई ठक्कर दिएको हो।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ दहगाउँ निवासी २८ वर्षीय चित्रबहादुर सुनार (चालक) र दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्का रमालती खड्काका तीन दिनको छोराको मृत्यु भएको हो।

दुर्घटनाबाट तीन दिनकी सुत्केरी र उनका पति गम्भीर घाइते भएका छन्।

मालतीको बाँके कोहलपुरस्थित मेडिकल कलेजको उपचारपछि थप उपचारको लागि उनलाई बुटवल रिफर गरिएको प्रहरी जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *