छोरा जन्मिएको खुशीमा घर फर्किँदा बाटोमै ट्रकले दियो ठक्कर, नवजात शिशुको मृत्यु, सुत्केरी गम्भीर घाइते
प्रतिनिधिमुलक तस्बिर
बाँके। ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा बाँकेमा एम्बुलेन्स चालक र नवजात शिशुको मृत्यु भएको छ।
बाँकेबाट दाङतर्फ गइरहेको १ ज १६१ नम्बरको एम्बुलेन्सलाई ना ८ ज ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको बाँके प्रहरीले जनाएको छ। घटना शनिबार दिउँसो करिब पौने २ बजे भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं २ को जिरो पोइन्ट नजिकै ट्रकले एम्बुलेन्सलाई ठक्कर दिएको हो।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ दहगाउँ निवासी २८ वर्षीय चित्रबहादुर सुनार (चालक) र दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्का रमालती खड्काका तीन दिनको छोराको मृत्यु भएको हो।
दुर्घटनाबाट तीन दिनकी सुत्केरी र उनका पति गम्भीर घाइते भएका छन्।
मालतीको बाँके कोहलपुरस्थित मेडिकल कलेजको उपचारपछि थप उपचारको लागि उनलाई बुटवल रिफर गरिएको प्रहरी जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment