प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने

डिसी नेपाल
२३ मंसिर २०७६ २०:३१

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) समापनको अवसर पारेर विशेष सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने जानकारी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले दिए।

सोमबार साँझ राखेप सदस्य सचिव शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसक्ने भएकाले प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्ने बताए। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्ने सदस्य सचिव शिलवालले जानकारी दिए।

यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भब्य हुने पनि सदस्य सचिव शिलवालले बताए। समापन कार्यक्रम अघि नेपाल र भुटानबीच पुरुष फुटबल प्रतियोगिता हुनेछ । फुटबलमा भुटानका समर्थकहरुको लागि दक्षिण तर्फको प्याराफिटमा छुट्टै स्थान दिने पनि परिषदले बताएको छ ।

समापन कार्यक्रम अन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ । फुटबलको फाइनल खेलको समापन सँगै प्रतियोगिताको समापन कार्यक्रम सुरु हुनेछ भने साथै समापन कार्यक्रम १ घन्टाको हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.