सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को प्रतिष्ठित अवार्ड
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।
नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त समारोहमा सानिमा रिलायन्स लाइफलाई यो उपाधि सुम्पिएको हो।
कम्पनीले जीवन बीमा क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति देखाएको समर्पित प्रतिबद्धताको कदरस्वरूप यो विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।
नेपालको आर्थिक विकास तथा समृद्धिमा विभिन्न क्षेत्रमार्फत महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्व र संस्थाहरूलाई समेटिएको उक्त भव्य अवार्ड कार्यक्रममा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा विधामा अवार्ड वितरण गरिएको थियो भने ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा उत्कृष्ट संस्थाहरूलाई सम्मानित गरिएको थियो।
डिजिटल सेवाको तीव्र विस्तार, दाबी भुक्तानी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणालीको सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ।
हाल ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी र २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यस कम्पनीले देशभर रहेका आफ्ना १६८ वटा शाखाहरू तथा १७,००० भन्दा बढी आबद्ध अभिकर्ताहरूमार्फत आम नागरिकलाई उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको छ।







डिसी नेपाल







Facebook Comment