अस्पतालको शैयामा बसेर उखान टुक्का भन्दैमा देश चल्दैन : काफ्ले

डिसी नेपाल
४ पुष २०७६ १२:४०

झापा। नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले प्रधानमन्त्री केपी ओलीको कमजोर नेतृत्वका कारण देश असफलतातर्फ उन्मुख भएको आरोप लगाएका छन्।

शुक्रवार झापामा नेविसंघले ‘चिनौं सिमाना, जोगाऔं माटो’ भन्ने मूल नाराको साथ आयोजना गरेको सभालाई सम्बोधन गर्दै काफ्लेले सरकारको कडा आलोचना गरेका हुन्। नेविसंघका निवर्तमान महामन्त्री समेत रहेका काफ्लेले अस्पतालको शैयामा बसेर उखान टुक्का भन्दैमा देश नचल्ने बताए।

‘सीमा विवाद समाधान गर्न सरकारले केही गर्न नसकेबाट प्रधानमन्त्री ओलीको राष्ट्रियता देखाउने दाँत मात्र प्रमाणित भएको छ,’ काफ्लेले भने। सोही अवसरमा १५ सय विद्यार्थीका बीच कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गरिएको थियो।

सभालाई सम्बोधन गर्दै नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती, नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेती, नेविसंघ झापाका प्रवक्ता सञ्जय निरौला लगायतले नेपालको स्वतन्त्र अस्तित्व रक्षाका लागि सबै विद्यार्थीहरु एक हुनुपर्ने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *