अन्ततः वामदेव नेकपा उपाध्यक्ष

डिसी नेपाल
६ पुष २०७६ १५:४४

काठमाडौं। नेकपा नेता वामदेव गौतमको उपाध्यक्ष बन्ने इच्छा पूरा भएको छ। नेकपाको स्थायी कमिटी बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी गरिएको विधान संशोधन प्रस्ताव पारित गरेपछि वामदेव उपाध्यक्ष बन्ने भएका हुन्।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव साउन २१ गते बसेको सचिवालय बैठकमा पेश गरेका थिए।

नेकपा अध्यक्षद्ववय केपी ओली र प्रचण्डबीच गौतमलाई उपाध्यक्ष बनाउने विषयमा यसअघि नै सहमति भइसकेको थियो। पुसन २३ मा बस्ने केन्द्रीय समितिले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेपछि गौतमलाई उपाध्यक्ष बनाइनेछ।

नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी छ। केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम उपाध्यक्ष हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *