शाही सरकारका महान्यायाधिवक्ता निराला न्याय परिषद सदस्यमा सिफारिस
काठमाडौं। सरकारले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी माग गरेको छ।
संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले १० दिन भित्र निराला विरुद्ध समितिमा उजुरी दिन माग गरेको हो। समितिका सभापति सक्षमणलाल कर्णले बुधबार देखि १० दिनभित्र उजुरी दिन सकिने बताए।
समितिमा प्राप्त भएका उजुरी माथि छलफल गरी सुनुवाई समितिले अनुमोदन गरेपछि मात्र न्याय परिषद् सदस्यमा नियुक्तीका लागि योग्य हुने उनले बताए।
न्याय परिषद सदस्यबाट पदम बैदिकले राजीनामा दिएपछि एक सदस्य रिक्त थियो। सोही ठाउँमा सोमबारको मन्त्रीपरिषद् बैठकले निरालालाई सिफारिस गरेको हो। निराला तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment