‘क्रिसमस डे’ का अवसरमा राष्ट्रियसभा अध्यक्षद्वारा शुभकामना

डिसी नेपाल
९ पुष २०७६ ८:०२

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको राष्ट्रिय एकता, स्वधिनता तथा अखण्डतालाई मजबुद बनाउँदै विभिन्न जातजाति, धर्म, समुदायबीचको सुसम्बन्धलाई प्रगाढ तुल्याउन सबैलाई अनुरोध गरेका छन्।

इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न अनुरोध गर्नुभएको हो।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर मुलुक भएको भन्दै अध्यक्ष तिमिल्सिनाले सन्देशमा भनेका छन्, हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्रै सीमित नभई राष्ट्रिय एकता, पारस्परिक सद्भाव, मौलिक संस्कृतिको निर्माणका लागि पनि महत्वपूर्ण रहँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *