ओखरजोन घोषणा भएपछि बल्ल माटो परीक्षण
रुकुम । रुकुमपूर्वमा निःशुल्क माटो परीक्षण शिविरमा १४० प्रकारका माटोको नमूना परीक्षण गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, माटो तथा मल प्रयोगशाला खजुरा बाँकेको प्राविधिक सहयोगमा निःशुल्क माटो परीक्षण शिविर मंगलबारदेखि सञ्चालन भएको हो।
शिविरमा ओखर जोन कार्यक्रम लागू गरिएका जिल्लाका किसानले ल्याएका माटो परीक्षण गरिएको थियो।
शिविरमा माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास र पिएच परीक्षण गरिएको परियोजना कार्यान्वयन एकाइ ओखर जोन रुकुमपूर्वका वरिष्ठ कृषि अधिकृत कफिल अहमदले जानकारी दिए ।
परीक्षणका लागि किसानबाट आएका ३०० भन्दा बढी माटोको नमूना रहेको र पहिलो दिन १४० नमूना मात्र परीक्षण गरिएको उनले बताए ।
ओखर जोन कार्यक्रम लागू भएको क्षेत्रमा खेतीका लागि ‘माटो ठीक छ कि छैन’ भन्ने परीक्षण गरिएको थियो।
अहिलेसम्म परीक्षण गरिएको माटोमा नाइट्रोजनको कमी रहेको पाइएको माटोेविज्ञ पर्शुराम शर्माले जानकारी दिए ।
उनका अनुसार परीक्षण गरिएको माटोमा फस्फोरको मात्रा कमदेखि मध्यमसम्म रहेको र पिएच भने तटस्थ रहेको पाइएको छ।
शिविरमा माटो तथा मल प्रयोगशाला खजुरा बाँकेका माटोविज्ञ शर्मालगायत पाँच जनाको टोलीको सहभागीता रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment