भ्रमण वर्षको प्रवर्द्धन गर्न कुवेतको नेपाली दूतावासमा हेल्प डेस्क

डिसी नेपाल
१७ पुष २०७६ ११:५७

कुवेत। कुवेतस्थित नेपाली राजदूतावास भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि हेल्प डेस्क राखिएको छ । दूतावासमा विभिन्न उद्देश्यले आउने विदेशी नागरिकहरूलाई भ्रमण वर्ष सम्बन्धी तथा नेपालका विभिन्न पर्यटकीय स्थलहरुलगायत नेपाल भ्रमणमा जाने पर्यटकहरूलाई आवश्यक जानकारी दिने उद्देश्यले एनआरएनए कुवेतको सहकार्यमा साहयता कक्षको स्थापना गरिएको हो ।

नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको सहमति अनुसार विश्वभर रहेका नेपाली राजदूतावासमा  ‘नेपाल भैमण वर्ष २०२०’ को प्रचारप्रसारमा सहकार्य गर्ने उद्देश्यले कुवेतमा पनि साहयता कक्षको स्थापना गरिएको एनआरएनए कुवेतले जनाएको छ ।

हेल्प डेस्कको नयाँ वर्षको पहिलो दिन कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले रिबन काटेर उद्‍घाटन गरे । डेस्कमा एनआरएनएका कर्मचारी दैनिक रुपमा रहने बताइएको छ ।

उद्‍घाटन गर्दे राजदूत भण्डारीले गैरआवासीय नेपाली सहकार्यको लागि धन्यवाद व्यक्त गर्दै संघसँगको सहकार्यले कुवेतबाट अझ बढी पर्यटक नेपाल भित्र्याउन सक्ने विश्वास रहेको बताए। उनले संघका कुवेत अध्यक्ष सुजन केसीलाई भ्रमण वर्षको स्टिकरसमेत हस्तान्तरण गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *