राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडाैं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुलुकको राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताएका छन्।
क्लासिक एफएमको २४ औं वार्षिकोत्सव समारोहको उद्घाटन गदै मन्त्री ज्ञवालीले अहिलेको लोकतन्त्र आउनुमा सञ्चार क्षेत्रले गरेको कार्यको प्रशंसा समेत गरे। समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै आफ्नो कार्यलाई अगाडि सार्नु पर्ने सुझाव दिए।
क्लासिक एफएमका निर्देशक तथा राजनीतिक विश्लेशक प्रकाश पोख्रेलले मिडिया विधेयक मार्फत सरकारले संविधानको मर्म विपरित जनताको मौलिक हक कुण्ठित पार्ने खालको प्रयत्न गरिरहेको आरोप लगाए।
संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेलमा बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिनुपर्ने जस्ता प्रावधान लोकतन्त्रको भावना र मर्म विपरित कार्य गर्न सरकार उद्धत रहेको भन्ने आरोपको प्रतिक्रिया दिदै मन्त्री ज्ञवालीले नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कसैले पनि हनन् गर्न नसक्ने बताए।
आम नागरिकको फोन ट्रयाकीङ् गर्ने प्रशंगमा उनले नागरिककै सुरक्षाको लागि यो निति ल्याउन लागेको प्रष्ट्याए। सञ्चार निति समग्र पत्रकारिता क्षेत्रको हितको लागि नै भएको मन्त्री ज्ञवालीको भनाइ छ।
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ को बारेमा सत्तारुढ नेकपाका नेताहरु नै विभाजित भएको बताए। पूर्वमन्त्री गिरीले सरकारले अहिले ल्याउन लागेको सूचना तथा सञ्चार प्रविधि नीतिमा पनि नेकपाका नेताहरुमा नै दुई मत रहेकोले आम सञ्चार माध्यमको पक्षमा नरहेको जिकिर गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment