ताइवानमा हेलिकप्टर दुर्घटना, सेनापति र अन्य सैन्य अधिकारीको मृत्यु

डिसी नेपाल
१७ पुष २०७६ १७:२१

बीबीसी । ताइवानमा एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सेनापतिसहित आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मौसम बिग्रिएपछि सेनापति शेन यि–मिङ र अन्य १२ जना चढेको ब्ल्याक हक हेलिकप्टरलाई राजधानी ताइपेईनजिकै एउटा पहाडी भेगमा आकस्मिक अवतरण गराउन खोजिएको थियो। प्रारम्भिक विवरणमा केही व्यक्ति जीवित भेटिएको र अरू हेलिकप्टरको भग्नावशेषमा फसेको उल्लेख गरिएको थियो।

सेनापति शेनलाई लिएर उक्त हेलिकप्टर पूर्वोत्तर ताइवानस्थित एउटा सैन्य शिविरका लागि उडेको थियो। उनीसित अन्य वरिष्ठ सैन्य अधिकारीहरू पनि भएको बताइएको छ।

ताइवानको आधिकारिक समाचार संस्थाका अनुसार वायुसेनाले घटनास्थलमा दुईवटा हेलिकप्टर र ८० जना सैनिक पठाएको थियो। एउटा सैन्य शिविरबाट स्थानीय समयानुसार बिहान ७ः५४ बजे ताइपेइस्थित उडेको हेलिकप्टर ८ः२२ बजे सम्पर्कविहीन भएको अधिकारीहरूले बताएका छन्।

एक अधिकारीका अनुसार तत्कालै खोजी तथा उद्धारको काम सुरु गर्न खोजिएको भए पनि भौगोलिक अवस्थितिले त्यसो गर्न कठिन भयो। अमेरिकाले ताइवानलाई ६० वटा UH-60M ब्ल्याक हक हेलिकप्टर बेचेको थियो।

दुर्घटनामा परेको हेलिकप्टर तिनैमध्येको भए नभएको तत्काल थाहा हुन सकेको छैन। सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि ताइवानमा छुट्टै शासन छ। तर चीनले ताइवानलाई आफ्नो भूमि मान्छ र बल प्रयोग गरै भए पनि एकीकरण गर्ने प्रयासमा छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *