अष्ट्रेलियाकाे आगलागीमा बेपत्ता भएका २८ जना बारे गम्भीर चासो
सिड्नी । अष्ट्रेलियामा भएको आगलागीमा परी बेपत्ता भएका २८ जनाका बारेमा गम्भीर चासो राखिएको अधिकारीले बताएका छन् । देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वीगिप्पस्ल्याण्डमा भएको आगलागीमा परी व्यपत्ता भएकाहरुको खोजीका साथै उद्धार भइरहेको अधिकारीद्वारा जानकारी दिएका छन् ।
भिक्टोरियाका मुख्यमन्त्री डानेल अन्ड्रेसले भने, “बेपत्ता भएकालाई जीवितै उद्धार तथा सुरक्षाका लागि धेरै चिन्ता लिएका छौँ ।” आगलागीका कारण उत्पन्न सङ्कट बढ्दै जाँदा बेपत्ताको सङ्ख्या पनि तलमाथि पर्न सक्ने उनले बताए ।
अष्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिस भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । तटीय सहरमा धुवाँ र खरानीले घरहरू ढाकिएकोले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म कम्तीमा १२ पुगेको पुष्टि भएको छ ।
डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सीयस रहेको छ । सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थान डढेलोका कारण बन्द भएका छन् । न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्कालीनस्तरका दर्जनौँ डढेलो लागेको अधिकारीले जनाएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment