कालो हरिण शिकार मुद्दामा अदालतले सलमानलाई दियो ठूलो राहत
राजस्थान। बहुचर्चित कांकाणी कालो हरिण शिकार मुद्दामा बलिउड सुपरस्टार सलमान खानलाई अदातले ठूलो राहत दिएको छ।
जिल्ला तथा सेसन न्यायालय जोधपुरले सलमानलाई सुनुवाइको क्रममा यसअघि लगाइएको विदेश जान प्रतिबन्ध हटाएको छ। यसअघि सलमान अदालतको बिना अनुमति विदेश जान पाउँदैनथे। अब भने उनले विदेश जानको लागि अदालतमा निवेदन दिइरहनु पर्नेछैन।
सलमानका वकिलले अदालतमा निवेदन दिँदै उनी अभिनेता भएको र सुटिङको सिलसिलामा विदे गइरहनुपर्ने भएकोले हरेक पटक विदेश जाँदा अदालतको स्वीकृतिको लागि निवेदन दिइरहनु भन्दा स्थायी अनुमति दिइयोस् भनी अनुरोध गरेका थिए।
जिल्ला तथा सेसन न्यायाधीश चन्द्रकुमार सोनगराले निवेदन स्वीकार गर्दै विदेश जान स्थायी अनुमति दिएका हुन्। अदालतले सलमानलाई आफ्नो यात्राको विस्तृत व्यहोरा अदालतमा पेश गर्न निर्देशन दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment