अष्ट्रेलियालाई सहयोग गर्न एनआरएनए अध्यक्ष पन्तको अपिल

डिसी नेपाल
२१ पुष २०७६ २३:४१

काठमाडौं । अष्ट्रेलियामा भएको आगलागी प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज एक स्टाटस लेख्दै पन्तले भनेका छन्, ‘यस प्रकोपबाट आफू सुरक्षित रहन र आसपासमा रहनुभएका अरुलाई पनि सहयोग पु¥याउन अस्ट्रेलियामा रहनु भएका नेपालीलाई अनुरोध गर्दछु ।’

प्रकोपमा परेका तथा परेको जानकारी पाएकाले एनआरएनएलाई सूचित गर्न पनि उनले अनुरोध गरेका छन् । साथै एनआरएनए राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले उद्धार तथा राहतका निम्ति पहल गरिरहेको समेत अध्यक्ष पन्तले जनाएका छन् ।

पन्तले भनेका छन्,‘विपदको यस घडीमा आर्थिक, भौतिक र मनोवैज्ञानिक साथ(सहयोगका निम्ति सम्पूर्ण गैरआवासीय नेपाली समुदायमा विनम्र अपिल पनि गर्दछु । प्रार्थना गरौँ, आगलागी नियन्त्रण तथा प्रभावित क्षेत्रका वासिन्दा तथा जीवजन्तुको उद्धारका लागि अस्ट्रेलिया सरकार र विभिन्न एजेन्सीको प्रयास चााडै सफल हुन सकोस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *