त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत आपूर्ति नपुगेपछि…

डिसी नेपाल
२५ पुष २०७६ १७:१५

काठमाडौं। पछिल्लो दिनमा अत्यधिक बढेको चिसोको प्रभाव विद्युत आपूर्तिमा पनि देखिएको छ। लोड सेडिंग मुक्त काठमाडौंमा आजभोली बेला बेला विद्युत आपूर्ति रोकिने गरेको छ।

यहीबीचमा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विद्युत आपूर्ति नपुगेपछि नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले सूचना जारी गर्नुपरेको छ।

शुक्रबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै चिसोका कारण विमान स्थलमा माग भए जति विद्युत आपूर्ति हुन नसेकको जनाएको छ।

प्राधिकरणले विद्युत आपूर्ति कम भएका कारण विमानस्थलमा अत्यावश्यक सञ्चालन गर्नुपर्ने उपकरणसमेत प्रभावित भएकाे भन्दै हिटर र एयर कण्डिसन नचलाउन निर्देशन दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *