बाजुराको एकै डाँडामा प्रकृतिको दोहोरो रूप: एकातिर सेताम्मे झरना, अर्कातिर विनाशकारी कालो भेल
बाजुरा। बाजुरा जिल्लाको एकै डाँडामा प्रकृतिका दुई परस्पर विरोधी रूपहरू एकसाथ दृश्यमान भएका छन्।
निरन्तरको वर्षापछि आएको बाढीले त्यहाँको एउटा झरनालाई कालो भेलमा परिणत गरिदिएको छ। माटो, ढुङ्गा र लेदोसहित बगेको उक्त बाढीले आसपासका खेतबारी पुरेर किसानहरूले वर्षभरि गरेको मेहनत र अन्नबालीमा ठूलो क्षति पुर्याएको छ।
अचम्मको कुरा त के छ भने, सोही डाँडाको अर्को झरना भने सेताम्मे र कञ्चन पानीका साथ आफ्नो प्राकृतिक सौन्दर्यमा अविचल बगिरहेको छ।
एउटै स्थानमा एकातिर प्रकृतिको शान्त एवम् मनमोहक सौन्दर्य र अर्कातिर विनाशकारी शक्ति एकैपटक देखिनु जलवायुजन्य विपद्को जीवन्त यथार्थ हो। यस दृश्यले स्थानीय जनजीवन र कृषि क्षेत्रमा परेको गम्भीर प्रभावलाई एकै फ्रेममा स्पष्ट पारेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment