माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग

डिसी नेपाल
२८ पुष २०७६ २२:१४

काठमाडौं । नेपाल मगर संघले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नवीन रोका मगरले माघे सङ्क्रान्ति मगर समुदायलगायत समस्त नेपालीको चाड भएकाले सार्वजनिक बिदा दिन माग गरे।

माघे सङ्क्रान्तिको अवसरमा चारवटा प्रदेशका सरकारले सार्वजनिक बिदा दिएका छन् । माघे सङ्क्रान्तिको अवसरमा दिंइदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको उनको भनाइ थियो ।

यसैबीच, मगर संघले माघे सङ्क्रान्तिको अवसरमा आगामी माघ १ र २ गते काठमाडौँको टुँडीखेलमा ‘माघे सङ्क्रान्ति राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । महोसत्वको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ ।

महोत्सवमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक वेशभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुष बाण हान्नेलगायत कार्यक्रम गरिने संघले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *