‘लक्का जवान’को गीतमा नाच्यो अमेरिका

डिसी नेपाल
३ माघ २०७६ २०:५४

वासिङ्टन डिसी
नेपाली कलाकारहरुको बाक्लो उपस्थिती रहेको अमेरिकाको बाल्टिमोर शहरमा आयोजित एक समारोहका बीच चलचित्र ‘लक्का जवान’को शिर्ष गीत “मन त मेरो लक्का जवान “को सार्वजनिक गरिएको छ । डिपी खनालले लेखेको यो गीतका संगीतकार बबुल् गिरी हुन भने बबुल् र मीना निरौलाले यो गीत गाएका छन । यो गीतमा दिलिप रायमाझी, प्रियन्का कार्की,बर्षा शिवाकोटी,सलोन बस्नेत,शिवहरी पौडेल ,अनुसया श्रेष्ठ वन्त आदि कलाकारहरुले अभिनय गरेका छन ।

गीत सार्वजनिक समारोह निक्कै मनमोहक बनेको थियो ।सार्बजनिक भएको गीतमा उपस्थित नायक नायिकाहरुको दमदार नाचले स्टेज तातिएको थियो ।नेपाली रजतपट् क्षेत्रका चर्चित नायक दिलिप रायमाझी, मेलिना मानन्धर,रिचा घिमिरे ,अरुणिमा लम्साल,निर्मात्री अनुसया श्रेष्ठ वन्त, प्रस्तुत कर्ता ध्रुव वन्त लगायत का कलाकारहरुको छमछमी नाच असाध्यै आकर्षक थियो ।त्यस्तै उपस्थित दुई दर्जन भन्दा बढी कलाकारहरु को तालीले हल गुन्जायामान थियो । त्यस्तै ख्यातिप्राप्त गायक तथा महाबाणिज्य् दुत प्रेमराजा महतले चलचित्र लक्का जवान र यस्को शिर्ष गीतका लागि बधाई तथा शुभकामना दिएका थिए।

अमेरिकाको बाल्टिमोर का स्थानिय् ब्यापारि तथा कलाकार धुर्ब वन्तको प्रस्तुतिमा, कलाकार अनुसया श्रेष्ठ वन्त निर्मात्री रहेको यो चलचित्र आगामी चैत्र २१ गते बाट प्रदर्सनमा आउने जानकारी निर्माण पक्षले डिसीनेपाल लाई बताएको छ । शिवहरी पौडेलको लेखन तथा निर्देशन रहेको लक्का जवान अनुसया वन्तको पहिलो अनी महत्वकान्क्षी चलचित्र हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *