साउदीको रियादमा एनआरएनको क्षेत्रीय समित गठन

डिसी नेपाल
५ माघ २०७६ ११:४३

रियाद, साउदी । एनआरएनए मध्य रियाद क्षेत्रीय समन्वय समितिको पुनर्गठन तथा नेपाल पर्यटन प्रबर्द्धन बर्ष २०२० प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ। नेपाली राजदूतावास रियादको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पुनर्गठन विशेष भेलाले हेम सुवेदीको अध्यक्षतामा मेनुका सिटौला ओडारी, महिला उपाध्यक्ष, सुजन शेर राई, सचिव, विवेक श्रेष्ठ, कोषाध्यक्ष र पूर्ण कुमार मगरलाई सह–कोषाध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित समितिको पहिलो बैठकले रिक्त पदपूर्ति गर्नेछ ।

कार्यक्रममा एनआरएनए आइसीसी मध्यपुर्व सहसंयोजक जोन अर्याल, मानार्थ सदस्य रमेश भन्डारी, एनसीसी साउदी अरबका संरक्षकहरु राजु सैयद, ओम घले, विरेन्द्र चौधरी, बिमल गौतमको उपस्थिति रहेको थियो ।

त्यस्तैगरी कार्यक्रममा एनआरएनए साउदी अरबका अध्यक्ष तेज थापा, उपाध्यक्षहरु भोला पौडेल, रोशन श्रेष्ठ, महासचिव उमेश भट्टराई सहित केन्द्रीय सदस्य सत्य नारायण के.सी. शुक्र मोक्तान, राम बहादुर क्षेत्री सहभागी थिए।

जनसम्पर्क समिति साउदी अरबका सभापति दिपक रेग्मी सहितका पदाधिकारीहरु, नेपाली प्रवासी मंच साउदी अरबका संयोजक शिवराज जैसी सहितका पदाधिकारी एवम् अन्तर संस्था समन्वय समिति रियादका संयोजक अमृत पौडेल लगायतका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु समेत उपस्थित थिए।

पुनर्गठन समिति गठन समितिका संयोजक रमेश भन्डारीले मध्य रियाद क्षेत्रीय समन्वय समितिका पदाधिकारीहरुको नाम प्रस्तावित गरेका थिए ।

प्रस्तावित सूचीलाई भेलाले छलफल गरी अन्तिम रुप दिएसँगै नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तेज थापाले सपथ ग्रहण गराएका थिए । कार्यक्रमलाई महासचिव उमेश भट्टराईले कार्यक्रम संचालन गरेका थिए।

यसअघि गत डिसेम्बर २० तारिखका दिन बसेको एनसीसी साउदी अरबको तेस्रो नियमित बैठकले आईसीसी मानार्थ सदस्य रमेश भन्डारीको संयोजकत्वमा एनसीसी उपाध्यक्ष भोला पौडेल तथा केन्द्रीकृत सदस्य राम बहादुर क्षेत्री सम्मेलित ३ सदस्य पुनर्गठन समिति गठन गरेको थियोे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *