मुख्यमन्त्री राईद्धारा सोनाम ल्होसारको शुभकामना

डिसी नेपाल
११ माघ २०७६ १०:११

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोनाम ल्होसार २०७६ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

नेपालका तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशियाली स्वरुप विशेष उत्साह र उमंगका साथ मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, नयाँ बर्षको रुपमा मनाइले ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दे आएको छु।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन्, सन्देशमा भनिएको छ ।

यी चाडपर्वहरुले नयाँ उमंग र उत्साह साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको मुख्यमन्त्री राईले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

मुलुकमा मनाइले यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबद्र्धन गर्नु हामी सबैको दायित्व हो।

यस चाडले नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्, साथै प्रदेशको विकासमा एकताबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु मुख्यमन्त्री राईको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *