साग पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

डिसी नेपाल
११ माघ २०७६ २३:२१

काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ ले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार सम्मान गरेको छ । कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा सागमा काठमाडौँ ३२ बाट तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक विजेता नौ खेलाडीलाई सम्मान गरिएको हो ।

उनिहरुले तेक्वान्दोमा तीन स्वर्ण र दुई कास्य, करातेमा एक स्वर्ण, बास्केटबलमा एउटा रजत तथा लनटेनिसमा दुई कास्य जितेका थिए । स्वर्ण विजेता तेक्वान्दोका सक्षम कार्की, काजल श्रेष्ठ र भूपेन श्रेष्ठ तथा करातेका विप्लवलाल श्रेष्ठलाई जनही रु ५० हजारका साथ सम्मान गरिएको छ ।

यस्तै रजत विजेता बास्केटबलका मनिष केसीलाई रु २० हजार तथा कास्य विजेता तेक्वान्दोका ज्ञानेन्द्र हमाल र मनोज मल्ल तथा लनटेनिसका संरक्षक भूषण बज्राचार्य र सम्यक बज्राचार्यलाई जनही रु १० हजारसहित वडा कार्यालयले सम्मान गरेको हो ।

यस्तै तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई रु ५१ हजार तथा लनटेनिसकी प्रशिक्षक रेणुदेवी कोण्डा बज्राचार्यलाई रु ११ हजारसहित सम्मान गरिएको हो । सो अवसरमा दक्षिण कोरियामा सम्पन्न कोरियन एम्बासडर कप वल्र्ड तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेका रञ्जीत साउदलाई रु २० हजार नगदसहित सम्मान गरिएको थियो । विजेता खेलाडी तथा प्रशिक्षकलाई वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, वडा नं ३२ का अध्यक्ष नवराज पराजुली लगायतले सम्मान गरेका हुन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *