वासिङ्टन डिसीमा पनि सोनाम ल्होसार मनाईँदै

डिसी नेपाल
१४ माघ २०७६ १०:३२

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा पनि तामाङहरुको महान पर्व सोनाम ल्होसार मनाईने भएको छ।

सोनाम ल्होसारका अवसरमा वासिङ्टन डिसीमा आगामी फेब्रुवरी ९ तारिखका दिन २८५६ जिवा ल्हो लाई (मुसा वर्ष) लाई भव्य रुपमा मनाउने तयारी भएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा नेपालबाट आएका र स्थानीय कलाकारहरु द्वारा कर्णप्रिय सांगीतिक प्रस्तुती दिने छन् । तामाङ सोसाइटी ग्रेटर वासिङ्टनले यसपालिको जिवा ल्हो २८५६ (मुसा वर्ष) लाई दुई चरण गरि मान्ने भएको हो ।

गत जनवरी १८ तारिखका दिन तन्दोरी नाइटमा सोसाइटीका अध्यक्ष उत्तर लामा दोङ्ग तामाङको नेतृत्वमा बसेको बैठकले फेब्रुवरी २ तारिखका दिन ग्यप्शीपूजा, छिरिङ्ग शेर्पा लामाद्वारा मोलम पाठ गरेर शान्तिस्वस्ति गर्ने र त्यसपछि ठुई, (अभिषेक) शुद्धिकरण पछि, नौ प्रकारका ग्रहदशा फ्याले लुङ्गतोर धर्ज्युलाई पबित्र स्थलमा राख्ने, छोरीचेलीलाई दक्षिणा प्रदान गरेपछि पुरुहितलाई दान गरेर नयाँ बर्षको थालिनी सुरु हुने जानविश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *