वासिङ्टन डिसीमा पनि सोनाम ल्होसार मनाईँदै

डिसी नेपाल
१४ माघ २०७६ १०:३२

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा पनि तामाङहरुको महान पर्व सोनाम ल्होसार मनाईने भएको छ।

सोनाम ल्होसारका अवसरमा वासिङ्टन डिसीमा आगामी फेब्रुवरी ९ तारिखका दिन २८५६ जिवा ल्हो लाई (मुसा वर्ष) लाई भव्य रुपमा मनाउने तयारी भएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा नेपालबाट आएका र स्थानीय कलाकारहरु द्वारा कर्णप्रिय सांगीतिक प्रस्तुती दिने छन् । तामाङ सोसाइटी ग्रेटर वासिङ्टनले यसपालिको जिवा ल्हो २८५६ (मुसा वर्ष) लाई दुई चरण गरि मान्ने भएको हो ।

गत जनवरी १८ तारिखका दिन तन्दोरी नाइटमा सोसाइटीका अध्यक्ष उत्तर लामा दोङ्ग तामाङको नेतृत्वमा बसेको बैठकले फेब्रुवरी २ तारिखका दिन ग्यप्शीपूजा, छिरिङ्ग शेर्पा लामाद्वारा मोलम पाठ गरेर शान्तिस्वस्ति गर्ने र त्यसपछि ठुई, (अभिषेक) शुद्धिकरण पछि, नौ प्रकारका ग्रहदशा फ्याले लुङ्गतोर धर्ज्युलाई पबित्र स्थलमा राख्ने, छोरीचेलीलाई दक्षिणा प्रदान गरेपछि पुरुहितलाई दान गरेर नयाँ बर्षको थालिनी सुरु हुने जानविश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *