ईपीएलः रित र अनिल महँगो मुल्यमा बिक्री, अन्य कुन खेलाडीले कति रकम पाए?
काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा रित गौतम र अनिल खरेलले महँगो मुल्य पाएका छन् ।
चैतको पहिलो हप्ता सुरु हुने प्रतियोगितामा विराटनगर वारियर्सले अनिल खरेललाई १ लाख २७ हजार रुपैयाँ र पोखरा राईनोजले रित गौतमलाई १ लाख २० हजार रुपैयाँमा अनुबन्धन गरेका हुन् ।
यू–१९ राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी रित पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्धित भएका हुन् । यस्तै, अनिल भने पोखरा प्रिमियर लिगमा धनगडी ब्लुजबाट खेलेका थिए । ईपीएलको चौथो संस्करण चैत १ देखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुदैछ ।
पहिलो चरणमा भैरहवाले विकास अग्रीलाई ५० हजारमा अनुबन्ध गरेको छ भने विराटनगले अनिल खरेललाई १ लाख २७ हजार, विक्रम कुमार भुषाललाई १ लाख १७ हजार र सौरब खनाललाई १ लाख ७ हजारमा अनुबन्ध गरेको जनाइएको छ । यस्तै शेर मल्ललाई काठमाडौंले ८६ हजारमा खरिद गर्दा अमृत भट्टराई र दीपेन्द्र रावतमाथि ५१–५१ हजार खर्चिने भएको छ ।
पोखराले रित गौतमलाई १ लाख २० हजारमा अनुबन्ध गर्दा पृथु बास्कोटालाई ७५ हजार विवेककुमार यादवलाई ६० हजार र विपिन रावललाई ५० हजारमा अनुबन्ध गरेका छन् ।
दोस्रो चरणको विडिङबाट भैरहवाले हिमान्सु दत्तलाई ५५ हजार तिर्ने भएको छ भने चितवनले खडक बोहोरालाई ५० हजारमा लिएको छ । विदेशी खेलाडीहरुको नाम भने उल्लेख गरिएको छैन् ।
रिलिज गरिएको खेलाडीः
भैरहवा ग्लाडियटर्सः प्रकास केसी, भुपेन्द्र थापा
विराटनगर वारियर्सः पुष्प थापा, बिनोद लामा, रोबिन क्षेत्री
चितवन टाइगर्सः पृथु बास्कोटा
काठमाडौँ किङ्स इलाभेनः सिद्दान्त लोहनी, बिक्रम भुसाल, पुरन बिक
पोखरा राइनोजः राजेस पुलामी मगर, सौरभ खनाल, सुबेन्दु पाण्डे
No ads found for this position


डिसी नेपाल
Facebook Comment