बाजुरामा छाउपढी प्रथा विस्तारै हट्दै

डिसी नेपाल
१५ माघ २०७६ १३:४०
4
Shares

बाजुरा । बाजुरामा पछिल्लो समय छाउपढी प्रथा विस्तारै हट्दै गएको छ ।

महिलाहरु महिनावारी भएको बेला पहिले घर भन्दा टाढाँको गोठ, ओठार वा पाल हालरे बस्ने गथ्र्ये भने अहिले आफ्नै कोठामा बस्ने गरेका छन ।

महिलाहरुमा अहिले महिनावारी हुनु कुनै पाप होइन हामीले महिनावारी भएको बेला आराम र सरसफाइ गर्नुे पर्छ भन्ने सचेतनाको विकास भइसकेको छ ।

पहिले दुध, दही खानु हुन्न गाई, भैसी बिग्रिन्छ देवता रिसायछन भन्ने मन भित्र ठुलो डर थियो भने अहिले त्यो डर हट्दै गएर दुध दही पनि खान थालेका छन । महिलाहरु पहिले घरमा बस भन्दा भन्दै गोठमा बस्न जाने गथ्र्ये भने अहिले आफै गोठ छोडेर घरको सुरक्षित कोठामा बस्ने गरेका छन ।

गाउँघरमा बुढापाखाले घरको आँगन सम्म टेक्नु हुन्न, छाउ भएको बेला अनुहार समेत देखाउनु हुन्न, कहिकतै जाँदा वा यात्रा गर्दा अगाडि देखियो भने त्यो यात्रा सफल हुन्न भन्ने गथ्र्ये भने अहिले त्यो सब छोडेका छन ।

छाउ भएको बेला आठ नौ दिनसम्म छाउगोठमा बस्नाले महिलाहरुले अकालमा ज्यान गुमाइ सकेका छन । यो बाजुराको मात्र समस्या नभएर सुदुरपश्चिम भरिका नौ वटै जिल्लाको समस्या रहेको थियो ।

प्रदेश, गाउपालिका, नगरपालिका वा संघसस्थाले छाउगोठ भत्काउने अभियान सञ्चालन गरेर होस या सचेतनाको विकासले गर्दा होस अहिले गाउँघरमा छाउगोठ देखिन छोडेका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *