सुपर ओभरमा जित निकाल्दै न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजमा भारतको कब्जा

डिसी नेपाल
१५ माघ २०७६ १६:५०

एजेन्सी । न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजमा भारतले कब्जा जमाएको छ। हमिल्टनमा भएको तेस्रो टी–२० खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा जित निकाल्दै भारतले सिरिजमाथि कब्जा जमाएको हो।

रोमाञ्चक खेलमा १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिला ब्याटिङ गर्दै न्यूजिल्याण्डले १७ रन बनाएको थियो।

पाँच खेलको टी–२० सिरिजमा भारतले तीन खेल लगातार जित्दै सिरिज आफ्नो नाम गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *