त्रिकोणात्मक सिरिज खेल्न अमेरिकी क्रिकेट टिम आज काठमाडौं आइपुग्ने
काठमाडौं । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको छ्नोट अन्तर्गत रहेको विश्वकप लिग–२ को नेपाल,ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजको लागि अमेरिका किकेट टोली आज बेलुकी नेपाल आईपुग्दै छ ।

त्रिकोणात्मक सिरिजको लागि भारतमा अभ्यासरत रहेको अमेरिकन क्रिकेट टोलिले मुम्बई क्रिकेट संघको ए टिम संग तिन अभ्यास खेल खेलेको थियो जस्मा अमेरिकन टोलीले एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको थियो ।

अमेरिकन १४ सदस्यीय क्रिकेट टोलिमा कप्तान सौरभ नेत्रभ्लकर, स्टेभन टेलोर, करिमा गोरे, ईन होलेन्ड, अक्षय होमराज, एलमोर हचहिन्सोन, आरोन जोन्स, नोसथुस केन्जीजे, जेभियर मार्सल, मोनाक पटेल, निर्साग पटेल, तिमील पटेल, क्यामरोन स्टिभेन्सन र रोस्टी थेरोन रहेका छन ।
नेपालले सिरिजको पहिलो खेल माघ २२ गते ओमानसँग खेल्नेछ । भने दोस्रो खेलमा माघ २५ मा अमेरिकाको साममा गर्नेछ भने तेस्रोमा २६ गते ओमान र २९ मा अमेरिकासँग फेरी खेल्नेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment