मधेश सरकारबाट बाहिरियो नेकपा : चारै मन्त्रीले बुझाए राजीनामा

डिसी नेपाल
२० कार्तिक २०८३ १७:५४

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ। नेकपाका तर्फबाट सरकारमा सहभागी चारै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

अर्थमन्त्री युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेका कारण उनीहरूले ह्वाट्सएपमार्फत राजीनामा पत्र पठाएको एक मन्त्रीले जानकारी दिएका छन्। राजनीतिक निकासका लागि राजीनामा बुझाइएको मन्त्रीहरूद्वारा जारी पत्रमा उल्लेख छ।

पत्रमा भनिएको छ, ‘राजनीतिक निकासको लागि हामी नेपाल कम्युनिस्ट पार्टीका तपसिलका मन्त्रीहरूको सामूहिक राजीनामा पेस गर्दछौं। यहाँले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।’

राजीनामासँगै नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसमेत रूपमा फिर्ता लिएको छ। पार्टीतर्फबाट प्रदेश प्रमुखसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिइएको पत्र दर्ता गराइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *