सन्दीपले त्रिकोणात्मक सिरिजमा लिएको प्रत्येक विकेट बापत ८८४८ रुपैयाँ रंगशालालाई दिने

डिसी नेपाल
१९ माघ २०७६ १७:३२

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने भएका छन्।

उनले आगामी २२ गतेदेखि घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय क्रिकेट शृंखलामा आफुले लिएका प्रत्येक विकेट बराबर गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ८ हजार ८ सय ४८ रुपैयाँ प्रदान गर्ने भएका छन्।

सन्दीपले आइतबार ट्विटरमार्फत जानकारी दिंदै चितवनमा निर्माणाधीन रंगशालालाई सहयोग गर्ने र चाँडै त्यो सपना यथार्थमा परिणत हुने विश्वास व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *