आई लिगमा अनिता सम्मिलित सेथुको तेस्रो जित

डिसी नेपाल
१९ माघ २०७६ १८:१८

काठमाडौं । भारतीय (आई) महिला लिगमा राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले तेस्रो जित निकालेको छ। जितसँगै सेथु समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार भएको खेलमा सेथुले किक स्टारलाई ३–० ले हरायो । पहिलो हाफमा २–० ले अग्रता बनाएको सेथुले दोस्रो हाफमा १ गोल थपेको थियो।

खेलको १२औं मिनेटमा सन्ध्याले गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन्। ३९औं मिनेट सुमित्राले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको ९० मिनेटमा सेथुकी सुमित्राले ले १ गोल थपेसँगै ३–० को विजय पाएको थियो।

लिगका ३ खेलमा जित र १ मा हार भोगेको सेथु ९ अंकका साथ शीर्षमा उक्लेको हो। एक खेल कम खेलेको कृप्सा एफसी समान ९ अंकमा दोस्रो स्थानमा छ। २ मा जित र २ मा हार भोगेको किकस्टार ६ अंकमा तेस्रो स्थानमा छ।

समूह ‘बी’ मा रहेको राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसी ९ अंकमा शीर्ष स्थानमा छ। सावित्राको टोली अपराजित रहेको छ। केन्क्रे एफसी ६ अंकमा दोस्रो र श्रीभुमी ४ अंकमा तेस्रो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *