भ्रमण वर्ष २०२० को प्रचार गर्न भ्रमण वर्ष सचिवालय र अमेरिकामा रहेको बानाबीच सम्झौता

डिसी नेपाल
१९ माघ २०७६ २०:३३

वाशिङ्टन। नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्ने उद्देश्यले भिजिट नेपाल २०२० सचिवालय सदस्य सचिव बच्छु नारायण श्रेष्ठ र मेरिल्यान्डको छाता संगठन बानाका अध्यक्ष सुबोध बिलास पन्तबीच एक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

बाना सामुदायिक भबन बाल्टिमोरमा सम्पन्न भएको सो हस्ताक्षर् कार्यक्रममा बोल्दै सदस्य सचिव श्रेष्ठले वाशिङ्टन डिसि, मेरिल्यान्ड, भर्जिनिया (डीएमभी) क्षेत्रमा नेपाल भ्रमण वर्ष को प्रचार प्रसार गर्ने उद्देस्यले बानासँग सम्झौता गर्न पाउँदा खुशी लागेको बताएका छन्।

त्यस्तै बाना अध्यक्ष सुबोध बिलास पन्तले नेपाल भ्रमण वर्ष २०२०, नेपालको आर्थिक उन्नतिसँग जोडिएकोले यस्को प्रचार प्रसार गर्ने जिम्मा पाउँदा गर्व लागेको बताए।

कार्यक्रममा बानाका पूर्व अध्यक्ष अनुसया श्रेष्ठ वन्त ,बानाका सल्लाकार बाना पदाधिकारीहरु लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *