विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्छ: मन्त्री सुवेदी

डिसी नेपाल
२० माघ २०७६ ७:१७

डोटी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गाउँका विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्ने बताएका छन् ।

जोरायल गाउँपालिकाद्वारा आयोजित ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को आइतबार उद्घाटन गर्दै उनले गाउँमा हुने विकास निर्माणदेखि अन्य काममा खबरदारी गर्नुपर्ने बताए ।

उनले भने, “स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा नागरिकको खबरदारी नभए प्रभावकारी हुँदैन, नागरिक सचेत हुन जरुरी छ।”

प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयको सहभागिता रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *