अटवारी पर्वले सामाजिक सद्भाव र एकता सुदृढ गर्ने विश्वास : मुख्यमन्त्री भट्ट

डिसी नेपाल
२८ भदौ २०८३ ९:२३

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको अटवारी पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

अटवारी पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले पर्वले थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री भट्टले अटवारी पर्वको अवसरमा थारू समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा थारू समुदायले धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा अटवारी मनाउँदै आएका छन् । भदौ महिनामा कृष्ण जन्माष्टमीपछिको आइतबार अटवारी मनाउने परम्परा रहेको छ । कतिपय स्थानमा भने कुशेऔँसीपछिको पहिलो आइतबारलाई अटवारी पर्वका रूपमा विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

अटवारी पर्व थारू समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र सामाजिक परम्परासँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *