क्रिकेट प्रमुख प्रशिक्षक पटुवालले दिए राजीनामा

डिसी नेपाल
२० माघ २०७६ १७:२७

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटुवालले प्रशिक्षकबाट राजीनामा दिएका छन्। गत जेठमा राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका पटुवालले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणीय श्रृंखला सम्पन्न भएपछि लागु हुने गरी राजीनामा दिएको स्रोतले जनाएको छ।

गएको जेठमा नेपाल क्रिकेट संघ (क्यान) निलम्बन रहेको अवस्थामा आईसीसीले भारतीय नागरिक पटुवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

गएको असोजमा क्यान निलम्बन फुकुवा भयो। क्यानमा नयाँ कार्यसमिति पनि आयो। तर, पटुवाल र क्यानबीच सम्बन्ध राम्रो नभएको चर्चाकाबीच उनको राजीनामा आएको हो। खासगरी पटुवाल प्रशिक्ष भएपछि नेपालले खेलेको महत्वपूर्ण प्रतियोगिता सिंगापुरमा सम्पन्न टि ट्वान्टी विश्व कप छनोट थियो। सो प्रतियोगितामा नेपालले विर्सन लाएक खेल्यो। त्यसपछि पटुवालले नेपाली टिममा विश्व कप खेल्नै स्तर नै नभएको प्रतिक्रिया दिए। उनको यो प्रतिक्रियापछि पनि निकै आलोचना भएको थियो।

पटुवाले मासिक ७ हजार डलर तलबमा नियुक्त भएका थिए। क्यान भने महँगो प्रशिक्षकबाट केही हुन नसकेको भन्दै उनीप्रति सकरात्मक थिएन। नेपाली टिमका पूर्व कप्तान पारस खड्काको अप्रत्यासित राजीनामालाई पनि क्यानसँगको सम्बन्धलाई जोडेर हेरिएको थियो। पटुवाल पारस कै जोडबलमा प्रशिक्षक नियुक्त भएको चर्चा चलेको थियो।

प्रशिक्षक पटुवालले आईसीसीलाई राजीनामा दिएर क्यानलाई बोद्धार्थ दिएका छन्। क्यानको बैठक यतिबेला चलिरहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *