डिसीमा हुने ल्होसार कार्यक्रममा उपस्थित हुन तामाङ सोसाइटीको आह्वान

डिसी नेपाल
२१ माघ २०७६ ९:३७

वासिङ्टन डिसी, अमेरिका । तामाङ सोसाइटी ग्रेटर वासिङ्टनले डिसीमा तामाङहरुको महान पर्व सोनाम ल्होसार मनाईँदै छ।

यहि फेब्रुवरी ९ तारिखका दिन हुने उक्त कार्यक्रमा सोसाइटीले तामाङ समुदाय लगायत वासिङ्टन डिसी क्षेत्रमा वसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरेको छ।

सोसाइटीले एक सूचना जारी गर्दै फेब्रुवरी ९ तारिखका दिन आयोजना हुने सोनान ल्होसार उपस्थित भई कार्यक्रमलाई सव्य र भव्य बनाउन सम्पूर्ण अमेरिकावासी तामाङ समुदाय तथा नेपालीहरुलाई आह्वान गरेको हो ।

तामाङ समुदायको पात्रो अनुसार अहिले नयाँ वर्ष २८५६ अर्थात (मुसा वर्ष) लागेको छ

कार्यक्रम तालिका

मितिः फेब्रुवरी ९
समयः साँझ ६ बजे
स्थानः 21453 Epiceries Plaza, Sterling, Virginia
आयोजक: तामाङ सोसाइटी ग्रेटर वासिङ्टन

सोईसाइटीको सूचना

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *