आइसीसी विश्वकप लिग २ : करण केसीलाई दोस्रो सफलता (अपडेट)
काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गत आज ओमानविरुद्ध जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । दोस्रो विकेट पनि करण केसीले नै लिएका हुन् । दोस्रो विकेटको रुपमा उनले खवार अलीलाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट गराए ।
यसअघि पहिलो ओभरमै करणले जतिन्दर सिंहलाई ४ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । व्यक्तिगत ५ रनमा खवार अली आउट हुँदा सातौं ओभर चलिरहेको छ र ओमानले २ विकेटको क्षतिमा १९ रन बनाएको छ । नयाँ ब्याट्सम्यान जीसन मकसूद आएका छन् । अकिब इल्यास १० रन बनाएर खेलिरहेका छन् ।
यो लिग २०२३ को विश्वकपसम्म पुग्ने बाटो हो । जारी सिरिजमा नेपालले ओमान र अमेरिकासँग २–२ एकदिवसीय खेल्नेछ । ओमान र अमेरिका पनि एक आपसमा २ खेल खेल्नेछन् । आजको खेल नेपालको लिग २ मा डेब्यू खेल हो ।







डिसी नेपाल







Facebook Comment