केन तीन महिना बाहिर

डिसी नेपाल
२२ माघ २०७६ १९:४१

एजेन्सी । टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होले ह्यारी केन कम्तिमा तीन महिना मैदान बाहिर रहने बताएका छन् । उनले टिमका मुख्य फरवार्ड केन कम्तिमा मे महिनासम्म मैदान नफर्कने बताएका हुन् ।

योसंगै केन क्लब र देशका लागि आगामी तीन महिनासम्म उपलब्ध हुने छैनन् । नयाँ बर्षको दिनमा साउथह्याम्पटनसंग हार ब्यहोरेको खेलमा केनले चोट बोकका थिए । ‘२६ बर्षका फरवार्ड अप्रिल अगाडी मैदान देखिने छैनन् । केनले पुर्नस्थापनाको काम सुरु गरिसकेका छन् ।’ माउरिन्होले भनेका छन् ।

माउरिन्होले केनको चोटको बिषयमा शंका व्यक्त गर्दै आएका थिए । उनले ईङ्ल्याण्डका कप्तान मेको ९–१० सम्म खेल्न नसक्ने बताउँदै आएका थिए । सिजनको अन्तिममा टोटेनहमले लेस्टर र क्रिस्टल प्यालेससंग प्रतिस्पर्धा गर्दैछ ।

माउरिन्होले लेस्टरविरुद्धको म्याचमा केन फर्कन सक्ने धारणा राखे । ‘सायद चौथो, पाँचौ वा छैटौ स्थानका लागि खेलिरहेका हुनेछौ । उनले सो खेलमा सहयोग गर्न सक्छन् ।’ माउरिन्होले भने ।

यदी माउरिन्होको अनुमान मिलेको खण्डमा केनले लिगका अन्तिम दुई म्याच खेल्न सक्नेछन् । टोटेनहम लिगको पाँचौ स्थानमा छ । टोटेनहम प्रिमियर लिगमा चौथो स्थानको चेल्सी भन्दा चार अंकले पछाडी छ । लिगको केही समयको विश्राम लगत्तै टोटेनहमले फेब्रुअरी १६ मा एस्टन भिल्लासंग प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.