विराटनगर किङ्स ८३ रनमै अलआउट: काठमाडौं गोर्खाजले पायो ८४ रनको सहज लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजको कसिलो बलिङ सामु विराटनगर किङ्स धराशायी बनेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९ औँ ओभरको तेस्रो बलमा मात्र ८३ रन बनाउँदा अलआउट भयो।
विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ रन र बसिर अहमेदले १० रन जोडे। यी तीन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। टोलीका ओपनर लोकेश बम ६ रनमा आउट भए भने आक्रामक ब्याटर आन्द्रे रसेल ३ रनमै पवेलियन फर्किए।
काठमाडौँका बलरहरूले सुरुदेखि नै अनुशासित र कसिलो बलिङ गर्दै विराटनगरका ब्याटरहरूलाई हात खोल्ने कुनै अवसर दिएनन्। काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए भने सहान अराच्चिगेले २ विकेट हात पारे। यस्तै कप्तान करण केसी, जहानदाद खान, साहब आलम र देव साहले १/१ विकेट लिए।
अङ्क तालिकामा दुई खेलबाट एक जित र एक हारसहित २ अंक जोडेको काठमाडौंका लागि यो खेल जित्दै अंक तालिकामा स्थिति सुधार गर्ने राम्रो अवसर बनेको छ। अर्कोतर्फ, चार खेल खेलिसकेको विराटनगरले दुई जित र दुई हारका साथ ४ अंक जोडेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment