दुई दर्जन व्यवसायीलाई सीआइपी सम्मान

डिसी नेपाल
२३ माघ २०७६ १३:०७

काठमाडौं। सरकारले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट निर्यातकर्ता, लगानीकर्ता र रोजगारदाता गरी दुई दर्जन व्यवसायीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गर्ने भएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सूचना प्रकाशित गरी विभिन्न १३ विधामा सम्मान पाउने २५ व्यक्ति तथा संस्थाहरुको नाम सार्वजनिक गरेको हो।

सम्मान पाउने सूचिमा नेपाल उद्योग वाणिज्य महासंकी अध्यक्ष भवानी राणादेखि उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, परिसंघका अध्यक्ष सतिश मोरसम्मका साथै चिनियाँ नागरिकसम्म रहेका छन्।  उनीहरुलाई आगामी मंगलबार काठमाडौंमा कार्यक्रम गरी सम्मान प्रदान गरिने निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार तेस्रो मुलुकतर्फ सबैभन्दा बढि पाँच वस्तुको निर्यात गर्ने व्यवसायी सम्मान हुँदैछन्। यसमा धागो निर्यात गर्ने त्रिवेणी स्पिनिङ मिलका अध्यक्ष रामचन्द्र संघाइ, उनी गलैचा निर्यात गर्ने दि सांग्रिला कार्पेट एण्ड ह्यान्डिक्राफ्ट इण्डस्ट्रिजका प्रबन्ध सञ्चालक दोर्जे ग्याल्सेन लामा, तयारी पोशाकतर्फ काठमाडौं फेशन स्टारका राहुलमान शाक्य, एभरेष्ट पश्मिना निटिङ एण्ड विभिङ इण्डष्ट्रीजका सूर्यकुमार गुरुङ र ऊनी फेल्टका सामान निर्यातबाट एभरेष्ट फेशन सम्मानित हुँदैछन्।

यसैगरी भारत र चीनतर्फ बढी रकमको निर्यात गर्नेमध्ये उत्कृष्ट तीन/तीन उद्योगीले सम्मान पाउँदैछन्। भारततर्फको निर्यातबाट सम्मान पाउनेमा डावर नेपालका विजनेश हेड हरकिरत सिंह बेदी, आरती स्ट्राइप्सका महाप्रवन्धक दिव्यराज सापकोटा र हुलास वायर इण्डस्ट्रीजकी निर्देशक युक्ति गोल्छा छन्।

चीनतर्फको बढि निर्यातमा न्यू हस्तकला एक्सपोर्टका प्रोपाइटर पेम्बा दोर्जे शेर्पा, गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्टका व्यवस्थापक विश्वराज बस्नेत र न्यू प्यागोडा इन्टरप्राईजेजका प्रोपाइटर मछिन्द्र पाण्डे छन्। यस्तै मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यात विधामा पिपुल्स क्राफ्ट एक्सपोर्टका प्रमुख गोपीप्रसाद कँडेल सम्मानि हुने सूचिमा छन्।

यसैगरी निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य र जडीबुटी क्षेत्रका वस्तुहरूको सबैभन्दा बढी निर्यात गर्नेमध्येबाट कृषिजन्यतर्फ सुजनकुमार श्रेष्ठ, जडीबुटीतर्फ निर्वाणकुमार चौधरीले सम्मान पाउँदैछन्।

सबैभन्दा बढिको सामान निर्यात गर्ने महिला उद्यमीबाट हुलास वायर इण्डस्ट्रीकी राजलक्ष्मी गोल्छा, सफ्टवेयर निर्यातमा रकमको आधारमा धेरै निर्यात गर्नेमा एसआइएस नेपालका दीपेश प्रधान पनि सम्मानित हुँदैछन्।

सबैभन्दा बढी लगानी गर्ने उद्योगमा होङ्सी शिवम सिमेन्टका प्रबन्ध निर्देशक लीऊ शु कुवाङ, बढी रोजगारी श्रृजना गर्ने उद्योगीबाट रिलायन्स स्पिनिङ मिल्सका प्रवन्ध निर्देशक पवन कुमार गोल्याण, रेमिट्यान्स कारोबारबाट सबैभन्दा बढि रकम भित्र्याएकोमा आइएमइका चन्द्रप्रसाद ढकाल सम्मानित हुँदैछन्।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने होटलमा तारागाउँ रिजेन्सी होटल्सका कार्यकारी संचालक सुरेशलाल श्रेष्ठ, युवा उद्यमीमध्ये बढि निर्यात गर्नेमा महिलातर्फ फेल्ट एण्ड यार्नकी प्रवन्ध निर्देशक सुनिता शेर्पा र रिलायन्स स्पिनिङ मिल्सकी संचालक अक्षय गोल्याण रहेका छ।

यस्तै निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा योगदान पुर्याएवापत तीनवटा संघका अध्यक्षलाई मानार्थ सम्मान गरिने भएको छ । मानार्थ सम्मान पाउने सूिचमा नेपाल उद्योग वाणिज्य महासंघकी भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका शतीसकुमार मोर रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *