टिम अबुधाबीले दियो नेपाललाई बधाई

डिसी नेपाल
२३ माघ २०७६ २३:११

काठमाडौं । अबुधाबी टी–१० को फ्रेन्चाईज क्लब टिम अबुधाबीले नेपाललाई बधाई दिएको छ। नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय फ्रेन्चाईज लिगमा डेब्यु गरेको टिम अबुधाबीले नेपालले घरेलु मैदानमा पहिलो पटक एक दिवसीय सिरिज आयोजना गरको भन्दै बधाई दिएको हो।

अबुधाबीले बिहिबार ट्वीट गर्दै नेपालले नेपाली माटोमा पहिलो पटक एकदिवसीय खेल आयोजना गरेको भन्दै पारस खड्का र नेपाली क्रिकेटलाई बधाई दिएको छ। बुधबारदेखि आईसीसी विश्वकप लीग–२ अन्तर्गत ओमान अमेरिका र नेपालबिच त्रिकोणात्मक सिरिज चलिरहेको छ। नेपालले एकदिवसीय मान्यता प्राप्त गरेपछि पहिलो पटक घरेलु मैदानमा एकदिवसीय खेल खेलेको हो।

आईसीसी विश्वकप लीग–२ अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *